Logo

होबार्टको जितमा सन्दीपको दुई विकेट



काठमाडौं, २९ पुस । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान तथा लेगस्पिनर सन्दीप लामिछाने बीग बास लिग (बीबीएल) मा उत्कृष्ट प्रदर्शन गरिरहेका छन् ।

आज भएको सिड्नी थन्डर्स विरुद्धको खेलमा पनि उनले दुई विकेट हात पारे ।

लामिछानेले ४ ओभर बलिङ गर्दै २६ रन खर्चेर दुई विकेट लिएका थिए ।

उनी सम्मिलित होबार्ट हरिकेन्सले सिड्नी थन्डर्समाथि ९ रनको जित हात पारेको हो ।

१ सय ७८ रनको लक्ष्य पछ्याएको सिड्नीले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर केवल १ सय ६८ रन मात्र जोड्न सक्यो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot