Logo

टुप्पी दाइको ढिंढो पसलमा संस्कृतिमन्त्री पुगेपछि …



हेटौंडा, २९ पुस । नेपाल खाद्य संस्कृतिका हिसाबले धनी देशमा पर्छ । कुनैबेला नेपालको राष्ट्रिय खाना के हो भन्दा गुन्द्रुक र ढिंडोको नाम लिने गरिन्थ्यो । केही समयअघि ढिंडो खाने भनेपछि मान्छेहरु हिच्किचाउने गर्थे तर अहिले नेपालमा ढिंडो संस्कृतिलाई प्रबर्द्धन गर्न बागमती प्रदेशका संस्कृति तथा पर्यटनमन्त्री दीपेन्द्र श्रेष्ठ नै लागिपरेका छन् । मकवानपुरको हेटौंडास्थित राप्ती नदी तरेपछि आउने टुप्पी दाईको ढिंडो पसलमा बागमती प्रदेशका संस्कृति तथा पर्यटनमन्त्री श्रेष्ठ बेलाबेला पुग्ने गरेका छन् ।

खानपिनलाई संस्कृतिसँग जोड्नु पर्नेमा जोड दिँदै उनले ’फूड टुरिजम’मा नेपालको भविष्य देख्छन् । हेटौंडाको प्रसिद्ध टुप्पी दाईको ढिंडो पसलमा प्रदेशका संस्कृतिमन्त्री नै पुगेपछि ढिंडो पसलका सञ्चालक पुडासैनी अर्थात् टुप्पी दाई निकै उत्साहित देखिए ।

काठमाडौं नेपाली खानपिन र परिकारको धनी ठाउँ हो । त्यहिँ ठाउँबाट निर्वाचित प्रदेश सभा सदस्य दीपेन्द्र श्रेष्ठ बागमती सरकारको संस्कृति तथा पर्यटनमन्त्री बनेपछि खाद्य संस्कृतिलाई पर्यटनसँग जोड्न खोजिरहेका छन् ।

नेपाली परिकारलाई प्रबर्द्धन गर्न टुप्पी दाईको ढिंडो पसलमा जाने गरेको बताउँछन् । ढिंडो पसलका सञ्चालक पुडासैनी आफूलाई टुप्पी दाई कै नामले चिनाउन चाहन्छन् । प्रदेशको संस्कृति तथा पर्यटनमन्त्री नै आफ्नोमा ढिंडो खान आउँदा उनी दंग छन् ।



प्रतिक्रिया दिनुहोस्