Logo

धनराज र गगनद्वारा मोदीको आलोचना



काठमाडौं, २९ पौष । नेपाली काँग्रेसको संस्थापनइतर पक्षबाट चुनाव लडेर जितेका दुईजना पदाधिकारीले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको आलोचना गरेका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले लिपुलेकसम्म सडक निर्माणबारे उत्तराखण्डमा बोलेपछि उनीहरुले आलोचना गरेका हुन् ।

उपसभापति धनराज गुरुङले भारतलाई कुटनीतिक नोट पठाएर मोदीसँग सिधा वार्ता गरेर यो विषय टुंग्याउनुपर्ने बताए । उनले भने,‘’भारतलाई कुटनीतिक नोट पठाएर भारतीय प्रधानमन्त्रीसँग सिधा वार्ता गरेर अब आइन्दा भारतीय प्रधानमन्त्री र शासकहरुले कुरा उठाउन नपाउने गरेर टुंग्याउनुपर्छ ।’

यसैगरी, महामन्त्री गगन थापाले भारतीय प्रधानमन्त्रीले लिपुलेकमा सडक विस्तार गर्ने अभिव्यक्ति दिएकोमा सरकारले पोजिसन तत्काल स्पष्ट पार्नुपर्ने बताए । उनले भारतसँग यो विषय राखेर नेपाली जनतालाई आश्वस्त पार्नुपर्ने बताएका छन् ।

गुरुङ र थापा दुवै संस्थापनइतर डा. शेखर कोइराला समूहबाट उम्मेदवार बनी विजयी भएका थिए । उनीहरुले भारतीय प्रधानमन्त्री मोदीको आलोचना गरेपनि प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले कुनै धारणा सार्वजनिक गरेको छैन ।



प्रतिक्रिया दिनुहोस्

Screenshot