Logo

बेलायती संसदमा ‘चिनियाँ एजेन्टको घूसपैठ’, लाखौं पाउण्ड लिएको खुलासा



एजेन्सी, ३० पौष । बेलायतको संसदमा चिनियाँ एजेन्टको घूसपैठको विषयले तरंग ल्याएको छ । बेलायतको गुप्तचर निकाय एमआइ ५ ले यसबारे चेतावनीसहितको जानकारी गराएको बीबीसीले जनाएको छ ।

घूसपैठमा एकजना महिलाको संलग्नताको विषय खुलाइएको छ । क्रिस्टिन चिङ कुइ लीले वर्तमान र आकांक्षी सांसदहरुसँग चिनियाँ कम्युनिस्ट पार्टीको सम्बन्ध बनाउन भूमिका खेलेको उल्लेख छ ।

एजना सांसदले ४ लाख २० हजार पाउण्ड रकम पाँच वर्ष अवधिमा लिएको खुलेको छ । ती सांसदले सुरक्षा निकायलाई डोनेशनबारे सचेत गराएको भनेका छन् ।

लिबरल डेमोक्रयाटिकका नेता सर इड डेभीले ५ हजार डोनेशन लिएको खुलाइएको छ । तर, उनले आफ्नो स्थानीय संस्थाले लिएको जवाफ दिएका छन् ।

चिङ लीले आफ्नो कम्पनीमार्फत् सांसदहरुलाई डोनेशन दिदै आएकी छिन् । यसमा उनले चिनियाँ स्वार्थ पूरा गर्न बेलायतका सांसदहरुलाई प्रभावित बनाएको उल्लेख छ ।

बेलायतका सांसदहरु चिनियाँ एजेन्टबाट खरिद भएको भन्ने आशयको रिपोर्टहरु तयार भएसँगै विश्वभर चासो बढेको छ । चीनले विभिन्न देशका शक्तिशाली निकायमा रणनीतिक शैलीबाट प्रभाव बनाउँदै लगेको छ ।



प्रतिक्रिया दिनुहोस्