Logo

आर्थिक संकट समाधान गर्न प्रधानमन्त्रीले जिम्मेवारी महसुस गरेको देखिएन : लोहनी



काठमाडौँ, ३० पुस। पूर्व अर्थमन्त्री प्रकाशचन्द्र लोहनीले आर्थिक संकट समाधानका लागि प्रधानमन्त्री शेरबहादुर देउवाले जिम्मेवारी महसुस नगरेको बताएका छन् ।उनले आज (शुक्रबार) सामाजिक सञ्जालमार्फत नेपालको अर्थतन्त्र संकटतिर जानु अर्थमन्त्रीसँगको मात्रै को कुरो नभएको बताएका हुन् ।

‘नेपालको अर्थतन्त्र संकटतिर जाँदै छ। अब यो अर्थमन्त्रीसँग मात्रै को कुरो भएन। देउवा सरकारको जिम्मेवारीको प्रश्न हो । प्रधानमन्त्रीले यो जिम्मेवारी महसुस गरेको देखिएन’, सामाजिक सञ्जालमा लेखेका छन् । बिस्तारै ओरालो लागेको अर्थतन्त्र समयमै सुधार गर्न नसके भीरको डिल मा पुग्न धेरै समय नलाग्ने पूर्व अर्थमन्त्री लोहनीले बताएका छन् ।

‘अर्थतन्त्रमा संकट तथ्यांक मा मात्र सिमित रहँदैन। एक तह पुगे पछि तथ्याङ्कभन्दा मानिसको भावनाले प्राथमिकता लिनेछ’, उनले भनेका छन् ।



प्रतिक्रिया दिनुहोस्