Logo

देउवाले बोलाए मन्त्रिपरिषद्को बैठक



प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद्को बैठक बोलाएका छन्। बैठकमा कोरोना महामारी, कोभिड-१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी)ले गरेको सिफारिसलगायत नियमित काम कारबाहिको विषयमा छलफल केन्द्रित हुने जनाइएको छ । मन्त्रिपरिषदको बैठक बोलाएका देउवा शुक्रबारबाट अब सबै कार्यक्रममा सहभागिता जनाउने भएका छन् ।

कोरोना संक्रमितको संख्या बढ्दै गएपछि सीसीएमसीले १३ बुँदे सिफारिस गरेको थियो ।गत शनिबारदेखि राजनीतिक भेटघाट स्थगित गरेर आइसोलेसनमा बसेका देउवाले शुक्रबारबाट नियमित काममा फर्किएका हुन्। नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाललाई कोराना संक्रमण पुष्टि भएपछि प्रधानमन्त्री देउवासमेत कन्ट्याक्ट ट्रेसिङमा परेका थिए।-File Photo



प्रतिक्रिया दिनुहोस्

Screenshot