Logo

फ्रेबर्गमाथि डर्टमन्डको फराकिलो जित



काठमाडौं, १ माघ । जर्मन बुन्डेस लिगामा बोरुसिया डर्टमन्डले फ्रेबर्गमाथि फराकिलो जित निकालेको छ ।

शुक्रबार राती भएको खेलमा डर्टमन्डले फ्रेबर्गमाथि ५–१ गोलअन्तरको जित निकालेको हो ।

खेलको १४औं मिनेटमा थोमस मेउनियरले गोल गर्दै डर्टमन्डलाई सुरुआति अग्रता दिलाए ।

२९औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै मेउनियरले डर्टमन्डको अग्रता दोब्बर बनाए ।

पहिलो हाफको इन्जुरी टाइममा अर्लिङ हालान्डलले गोल गर्दा टोलीको अग्रता तेब्बर रह्यो ।

खेलको ६१औं मिनेटमा फेबर्गका लागि डेमेरोभिक गोल गर्दै टोलीलाई खेलमा फर्काउन खोजेका थिए ।

तर, ७५औं मिनेटमा हालान्डले पुन गोल गरेपछि डर्टमन्ड ४–१ को अवस्थामा पुगेको थियो ।

यस्तै, ८६औं मिनेटमा दाहोदले गोल गर्दै डर्टमन्डले फराकिलो जित निकाल्यो ।

यस जितसँगै १९ खेलबाट ४० अंक जोड्दै डर्टमन्ड दोस्रो स्थानमा यथावत रहेको छ ।

बायर्न म्युनिख १८ खेलमा ४३ अंकका साथ शीर्ष स्थानमा रहेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot