एजेन्सी, १ माघ। विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले कोरोना संक्रमितको उपचारका लागि थप दुई औषधिलाई अनुमति दिएको छ । हिजो (बिहिबार) डब्लूएचओले ब्यारिसिटिनिब र क्यासिरिभिमाब-इमडेभिमाबलाई कोरोना संक्रमितहरुको उपचारमा प्रयोग गर्न अनुमति दिएको हो ।
बाथको रोगमा समेत प्रयोग हुँदै आएको ब्यारसिटिनिब औषधि कोभिडका गम्भीर बिरामीहरुलाई कोर्टिकोस्टोरइडस् औषधिसँग मिलाएर खुवाउन सकिने डब्लूएचओका विशेषज्ञ चिकित्सकहरुले जनाएका छन् । उक्त औषधिले बिरामीको स्वास्थ्यमा सुधार गर्दै भेन्टिलेसनसम्म जाने खतरा समेत नियन्त्रण गर्ने चिकित्सकहरुले उल्लेख गरेका छन् ।
उनीहरुले यो औषधि बिरामीमा परीक्षण गर्दा बिरामीलाई थप असर गर्न रोकेको थियो ।दुवै औषधिलाई एकैपटक सेवन नगर्न पनि चिकित्सकहरुले सुझाव दिएका छन् ।
‘https://www.who.int/news/item/14-01-2022-who-recommends-two-new-drugs-to-treat-covid-19’