Logo

सुनामीले टोन्गामा ठूलो क्षति (भिडियोसहित)



एजेन्सी, १ माघ । टोन्गामा सुनामीले ठूलो क्षति पुर्याएको छ । ज्वालामुखी बिष्फोटपछि सुनामी आएको हो ।

सुनामीले घरहरु बगाइरहेको दृश्य भिडियोहरु सामाजिक सञ्जालमा राखिएका छन् । राजधानी नुकु अलाफामा ज्वालामुखीको खरानीहरु देखिएका छन् ।

प्रशान्त महासागरमा अवस्थित टोन्गामा भएको ज्वालामुखी बिष्फोटको आवाज यति ठूलो थियो कि न्युजिल्यान्ड र अष्ट्रेलियासम्म सुनिएको थियो ।
सुनामीले ठूलो क्षति पुगेपनि यकिन तथ्यांक नआएको बुझिएको छ ।

 



प्रतिक्रिया दिनुहोस्