Logo

बन्जीसँगै स्काई साइक्लिङ शुरू



पर्वत, माघ २ । कालीगण्डकी नदीमाथिको तारेभीरमा डोरीको सहायतामा साइकल चलाउने खेल (स्काई साइक्लिङ) व्यावसायिक रूपमा शुरू भएको छ । पर्वतको बन्जीजम्पको पारिपट्टि बागलुङको बलेवामा द क्लिफ प्रालिले स्काई साइक्लिङ शुरू गरेको हो । भीरैभीर साइकल चलाउने यो खेल साहसिक पर्यटनका लागि सञ्चालन गरिएको कम्पनीका अध्यक्ष राजु कार्कीले जानकारी दिए ।

चार वर्ष पहिलेदेखि नै सञ्चालनमा रहेको साइक्लिङ कोरोनाका कारण रोकिएको थियो । अहिले कोरोनाको महामारीकै बीच स्वास्थ्य मापदण्डको पालना गरेर साइक्लिङ शुरू गरिएको कम्पनीले बताएको छ ।

अध्यक्ष कार्कीका अनुसार साइक्लिङ गर्ने डोरी दुईतर्फी गरेर ६०० मिटर छ । साइक्लिङका लागि प्रतिव्यक्ति शुल्क ३ हजार ५०० रुपैयाँ रहेको छ । सञ्चालन शुभारम्भको अवसरमा यसमा हजार रुपैयाँ छूट दिइएको छ । उक्त स्थानमा बञ्जी वा स्विङ गर्नेलाई अतिरिक्त २० प्रतिशत पनि छूट दिइएको बताइएको छ । साहसिक खेलप्रति पछिल्लो समय युवाको आकर्षण बढेकाले स्काई साइक्लिङ थपिएको कम्पनीका निर्देशक नेत्र पराजुलीले बताए ।

बागलुङको बलेवातर्फ २६ रोपनी जग्गामा रिसोर्टसहितका संरचना निर्माण भएका छन् । आर्थिक अभियान दैनिकबाट



प्रतिक्रिया दिनुहोस्