काठमाडौं, २ माघ । फ्रान्सको लिग वानमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले ब्रेस्टमाथि जित निकालेको छ ।
शनिबार राति भएको खेलमा पीएसजीले ब्रेस्टलाई २–० ले पराजित गरेको हो ।
लियोनल मेसी र नेयमारको अनुपस्थितिमा भएको खेलमा पीएसजीका एम्बाप्पे र थिलो केहररले एक–एक गोल गरेका थिए ।
खेलको ३२औ मिनेटमा एम्बाप्पेले गोल गर्दै पीएसजीलाई सुरुआती अग्रता दिलाएका थिए ।
साथै, ५३औ मिनेटमा केहररले गोल गर्दै टोलीलाई जित दिलाएका थिए ।
लिगमा अपराजित रहेको पीएसजी शीर्ष स्थानमा रहेको छ भने ब्रेस्ट २५ अंकका साथ १३औं स्थानमा रहेको छ ।