Logo

बेइजिङमा समुदायमै देखियो कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’



एजेन्सी, २ माघ। चीनको बेइजिङमा कोरोना भाइरसको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ देखिएको छ। शीतकालीन ओलम्पिक नजिकिदै जाँदा चीनले कोरोना भाइरसको परीक्षणलाई तीव्र पारेको छ। बेइजिङमा समुदाय स्तरमा नै ‘ओमिक्रोन’ संक्रमित भेटिएपछि त्यहाँ उच्च सतर्कता अपनाइएको अलजजीरामा उल्लेख छ । बेइजिङमा समुदायमा ओमिक्रोन संक्रमित भेटिएको यो पहिलो घटना भएको जनाइएको छ।

संक्रमित व्यक्ति कहिंकतै गएका थिएनन्। शनिबार त्यहाँको एक टेलिभिजनले बेइजिङमा ओमिक्रोन संक्रमित भेटिएको जनाएको हो। बेइजिङका रोग नियन्त्रण प्राधिकरणका अधिकारी प्यांग सिंङ्हुओले कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनबाट संक्रमित व्यक्ति भेटिएको पुष्टी गरेका छन्।

चीनका अधिकांश राज्यमा कोरोना संक्रमणको जोखिम कम गर्न लकडाउन गरिएको छ। शीतकालीन ओलम्पिकको नजिकिरहेका बेलामा ओमिक्रोन देखिएपछि चिनियाँ अधिकारीहरुले चिन्ता व्यक्त गरेका छन्। बेइजिङमा फ्रेब्रुअरी ४ बाट शीतकालीन आलम्पिक सुरु हुँदैछ।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्