Logo

सरकारसहित विभिन्न निकायहरुले संक्रमणको रोकथाम र व्यवस्थापन गरिरहेको छः गृहमन्त्री



काठमाडौँ, २ पुस । गृहमन्त्री बालकृष्ण खाणले कोभिडको तेस्रो लहरबाट आम नागरिकलाई जोगाउन सरकारसहित विभिन्न निकायहरुले संक्रमणको रोकथाम र व्यवस्थापन गरिरहेको बताएका छन् ।

२४औँ भूकम्प सुरक्षा दिवस २०७८ को अवसरमा आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै गृहमन्त्री खाणले यस्तो टिप्पणी गरेका हुन् । कोभिड तेस्रो लहरबाट आम नागरिकलाई जोगाउन सरकार लागिरहेको उनले स्पष्ट पारे ।

कार्यक्रममा बोल्दै मन्त्री खाणले भौतिक पूर्वाधार निर्माणको प्रोटोकललाई अवलम्बन गरेर निर्माण प्रक्रियामा अघि बढ्न सके मात्रै विगतमा भएका ठूला नोक्सानी कम गर्न सकिने बताए ।



प्रतिक्रिया दिनुहोस्