Logo

वैकल्पिक राजनीतिका लागि व्यक्तिमा होइन बिधि र विचारमा बहस गरौंः डा. भट्टराई



काठमाडौं, २ माघ । जनता समाजवादी पार्टी नेपालका संघिय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले वैकल्पिक राजनीतिक शक्ति निर्माणका लागि व्यक्ति नभइ विचार र विधिमा बहस गर्नुपर्ने धारणा राखेका छन् ।

उनले सामाजिक सञ्जाल मार्फत यस्तो धारणा राखेका हुन् ।

उनले नेपालमा अहिलेको सन्दर्भमा समावेसी र सहभागितामूलक लोकतन्त्र र समुन्नत समाजवाद सहितको अग्रगामी विचारमा बहस गर्नुपर्ने बताएका छन् ।

उनी लेख्छन्, ‘वैकल्पिक राजनीतिक शक्ति निर्माणकालागि व्यक्ति–केन्द्रित हैन विचार÷विधि(केन्द्रित बहस गरौं । नेपाली सन्दर्भमा वैकल्पिक पार्टीका अहम् मुद्दा यी हुन्ः १.समावेसी र सहभागितामूलक लोकतन्त्र र समुन्नत समाजवाद सहितको अग्रगामी विचारः २.सार्वभौम कार्यकर्ता र समावेसी र सामुहिक नेतृत्व सहितको संगठन ।’ FilePhoto



प्रतिक्रिया दिनुहोस्