Logo

आयोगद्धारा तीन अस्पताललाई विशेषज्ञ डाक्टर पढाउने अनुमति



काठमाडौं, २ पुस । चिकित्सा शिक्षा आयोगले तीन निजि अस्पताललाई विशेषज्ञ डाक्टरलाई अध्यापन गराउन अनुमति दिएको छ । आयोगले ग्रान्डी अस्पताल, नेपाल मेडिसिटी अस्पताल र बिएन्डबी अस्पताललाई अनुमति दिएको हो ।

ग्रान्डी अस्पताललाई अर्थोपेडिक्स विषयका लागि १ वटा, नेपाल मेडिसिटी अस्पताललाई प्याथोलोजी, रेडियोलोजी र एनेस्थेसियोलोजी १/१ गरी तीन वटा र बिएन्डबी अस्पताललाई अर्थोपेडिक्समा २ वटा सिट अध्यापन गराउन आयोगले अनुमति दिएको हो ।

आयोगको नेशनल बोर्ड अफ मेडिकल स्पेसियालिटिज कार्यक्रम तर्फ सब स्पेसियालिटिज कार्यक्रमका लागि तीन वटा निजी अस्पताललाई सिट उपलब्ध गराएको हो।

 

 



प्रतिक्रिया दिनुहोस्

Screenshot