Logo

पत्रकार महासङ्घको चौथो बैठक सम्पन्न, न्यायालयमा देखिएको गतिरोध अन्त्यका लागि ध्यानाकर्षण गराउने



कपिलवस्तु, २ पुस । नेपाल पत्रकार महासङ्घ केन्द्रीय समितिको चौथो पूर्ण बैठक ९ बुँदे घोषणा पत्र जारी गदै सम्पन्न भएको छ । गत पुष ३० गतेदखि कपिलवस्तुको तिलौराकोटमा बसेको बैठकले विवादित मिडिया अवार्ड प्रकरणलगायतका विषयमा छानबिन गर्न समिति गठन गरेको छ ।

बैठकले महांसंघका पुर्वअध्यक्ष सुरेश आचार्यको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गर्ने निर्णय गरेको हो । महासङ्घका महासचिव रोशन पुरी द्वारा जारी घोषण पत्रमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सुनिश्चितताका लागि सम्बन्धित सरोकारवाला पक्षसँग जोडदार माग गर्ने, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेश, बागमती प्रदेशलगायतका प्रदेश सरकारहरूले अगाडि बढाएका सञ्चार कानुनहरू नेपालको संविधान अनुकूल तथा प्रेस स्वतन्त्रतामैत्री बनाउन सम्बन्धित प्रदेश सरकारहरूसँग आग्रह गर्ने लगायतका विषय समेटिएको छ ।

त्यस्तै, न्यायालयमा देखिएको गतिरोध अन्त्यका लागि महासङ्घ सरकार र राजनीतिक दलको गम्भीर ध्यानाकर्षण गराउने पनि उल्लेख गरिएको छ ।

 

 

 

 



प्रतिक्रिया दिनुहोस्