काठमाडौं, ३ माघ । नेपाल इन्भेष्टमेन्ट बैंकको माघ ४ गते आह्वान गरेको विशेष साधारणसभा रद्द भएको छ । हिमालयन बैंकको पुस ३० गते सम्पन्न साधारणसभाले मर्जर प्रस्ताव अस्वीकृत गरेपछि इन्भेष्टमेन्ट बैंकले विशेष साधारणसभा रद्द गरेको हो।
इन्भेष्टमेन्ट बैंकको माघ १ गते बसेको संचालक समितिको बैठकले हिमालयनको साधारणसभाले मर्जर प्रस्ताव अस्वीकृत गरेको एक सुचना जारी गर्दै जनाएको छ ।