काठमाडौं, ३ माघ । प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीचको भेटवार्तालगत्तै उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठक बोलाईएको छ ।
आज विहानमात्रै प्रचण्ड प्रधानमन्त्री देउवालाई भेट्न बालुवाटार पुगेका थिए । उक्त भेटमा स्थानीय तहको निर्वाचनदेखि राष्टियसभाको निर्वाचनको बारेमा छलफल भएको थियो । प्रचण्डको सचिवालयका अनुसार स्थानीय तहको चुनावबारे छलफल गर्न राजनीतिक समन्वय समितिको बैठक बोलाइएको छ।
निर्वाचन आयोगले स्थानीय तहको निर्वाचन गर्न सिफारिस गरे पनि सरकारले मिति घोषणा गरेको छैन। समन्वय समितिको बैठकमा यही विषयमा छलफल हुने बताईएको छ । समितिको संयोजकमा कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल छन् । file photo