Logo

मन्त्री झाँक्रीले भनिन्- ‘प्रदेश र संघीय सरकारी निकायबीच नै समन्वय नहुँदा सोचे अनुसारको काम गर्न सकिएन’



काठमाडौँ, ३ माघ। सहरी विकास मन्त्री रामकुमारी झाँक्रीले आफ्नो १०० दिनको कार्यकालको समीक्षा गरेकी छिन् । मन्त्री भएको १०० दिन पूरा भएको अवसमा मन्त्री झाँक्रीले मन्त्रालयमा सोमबार पत्रकार सम्मेलन परी आफ्ना उपलब्धी सार्वजनिक गरेकी हुन् । पत्रकार सम्मेलनमा बोल्दै झाँक्रीले प्रदेश र संघीय सरकारी निकायबीच नै समन्वय नहुँदा सोचे अनुसारको काम गर्न नसकिएको बताइन् । सहरी क्षेत्रमा बसोबास गर्ने आमजनमासको अपेक्षालाई मध्यनजर गर्दै आफूले काम गरिरहेको उनले बताइन् ।

उनले प्रदेश र संघीय सरकारका कतिपय निकायहरुबीच समन्वय गराउन आफूले प्रयत्न गरेको र सोही अनुसार काम भइरहेको मन्त्री झाँक्रीले बताइन् । प्रभावकारी ढंगले काम हुनका लागि पालिका, प्रदेश र संघीय मन्त्रालयबीच समन्वय अपरिहार्य भएको उनको भनाइ छ ।

प्रत्येक पालिकासँग सहरी विकासका लागि समन्वय भइरहेको मन्त्री झाँक्रीको भनाइ छ । उनले वागमती नदीलाई ढल मुक्त बनाउने प्रतिवद्धता व्यक्ति गरिन्। । वागमती नदीलाई कुनैपनि हालतमा अतिक्रमणबाट रोक्ने उनले प्रतिवद्धता जनाइन् । जनता आवास कार्यक्रममा आफू प्रतिवद्ध गरेको भन्दै झाँक्रीले काठमाडौंका घना बस्तीमा खुला क्षेत्र निर्माण गर्ने तयारी भइरहेको उनले बताइन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot