Logo

बेसहारा बालबालिकाको अभिभावक बन्दै नेता मेटमणि चौधरी



काठमाडौँ, ३ माघ: प्रतिनिधिसभा सदस्य मेटमणि चौधरीले बेसहारा चार बालबालिकाको अभिभावकत्व ग्रहण गरेका छन् । पार्टी अध्यक्ष माधवकुमार नेपालको निर्देशनमा बुबाआमाको मृत्युपछि बेसहारा बनेका दाङ घोराही –१९ सैघा– तिर्साङ निवासी बालबालिकाको घरमै पुगेर उनीहरुको शिक्षालगायत लालनपालनको व्यवस्था गर्ने गरी जिम्मा लिएको सांसद चौधरीकोे सचिवालयले जनाएको छ ।

उनीहरुको शिक्षा र आवासको व्यवस्थापन प्रक्रिया सुरु भएको र आफ्नो पार्टी पनि गरिब दुःखीको पक्षमा क्रियाशील रहेकाले देशभरका बेसहारा, दुखी र गरिब वर्गको व्यवस्थापनमा आफूहरू लागेको उनले बताएको जनाइएको थियो ।

पार्टीको पोलिटब्यूरो सदस्य एवं लुम्बिनी प्रदेश अध्यक्षसमेत रहेका चौधरीले आगामी दिनमा देशका अन्य बेसाहारा बालबालिका तथा गरिब वर्गको पक्षमा काम गर्ने पनि बताइएको थियो ।-रासस/File Photo



प्रतिक्रिया दिनुहोस्