Logo

वातावरण वैज्ञानिक राम चरित्र साह पुरष्कृत



काठमाडौं, माघ ४। विश्व मर्करीमूक्त दन्त चिकित्सा सञ्जाल (World Alliance for Mercury Free Dentistry-WAMFD) ले नेपालमा वातावरणीय पक्षहरुमा महत्वपूनिकै क्रियाशिल एवं प्रभावकारी गैर सरकारी संस्था जन स्वास्थ्य तथा वातावरण प्रवद्र्धन केन्द्रका प्रमुख कार्यकारी निर्देशक एवं वातावरण वैज्ञानिक राम चरित्र साह ऐशियाकै पहिलो पुरस्कार प्रदान गरेको छ ।

नेपाल ऐशियामै पहिला मर्करीमूक्त दन्त चिकित्सा सेवा उपलब्ध गराउने राष्ट्र भएको छ । अमेरिका, वासिङ्टनडिसी स्थित विश्व मर्करीमूक्त दन्त चिकित्सा सञ्जालले उक्त अद्वितीय पुरस्कार मर्करीमूक्त दन्त चिकित्सा एवं मर्करीमूक्त स्वास्थ्य सेवा प्राप्त गर्न निकै प्रभावशाली भूमिका खेलेका गैरसरकारी संस्थाका प्रमुख कार्यकारी निर्देशक र पहिला हुने देशलाई प्रदान गरेको हो ।

निकै संघर्षशिल एवं चुनौतीपूर्ण र वर्षौं सम्मको लगातार प्रयास, पहल एवं अनुसन्धानमा आधारित पैरवीको फलस्वरुप नेलालको स्वास्थ्य क्षेत्रबाट घातक मर्करी उन्मूलन गर्न राम चरित्र साहले गरेका प्रयासहरुको उच्च मूल्यांकन गर्दै उक्त पुरस्कार प्रदान गरेको विश्व मर्करीमूक्त दन्त चिकित्सा सञ्जालका अध्यक्ष चार्लि ब्राउनले बताएका छन् ।

यो पुरस्कार राम चरित्र साहको नेपाली जनता र नेपालको वातावरण संरक्षणार्थ गरिएका बर्षौसम्मको सेवा र योगदान पु¥याए बापत प्रदान गरिएको उनको भनाई छ ।

ढाका स्थित वातावरणीय स्वास्थ्यका निर्देशक सिदिका सुल्तानाले राम चरित्र ऐशिया एवं विश्वकै गैर सरकारी संस्थाहरुको उत्कृष्ट प्रमूखहरु मध्ये एक भएको विचार व्यक्त गरेका छन्। उनले हाम्रो छिमेकी राष्ट्र नेपाल मर्करीमूक्त दन्त चिकित्सा सेवा प्रदान गर्न सक्षम भएकोमा निकै गौरवान्वित महशूस गर्दै राम चरित्रले खेलेका नेतृत्वदायी भुमिकाको प्रशंसा गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्