Logo

राष्ट्र बैंकको वित्तीय चेतना अभिवृद्धि कार्यक्रम काभ्रेमा सम्पन्न



काठमाडौं, ४ माघ । नेपाल राष्ट्र बैंकको वित्तीय चेतना अभिवृद्धि कार्यक्रमको विशेष सत्र काभ्रेको नमोबुद्ध नगरपालिकामा सम्पन्न भएको छ ।
हिन्दूकुश इन्स्योरेन्स इनिसियटिभले व्यवस्थापन यस कार्यक्रम नमोबुद्ध नगरपालिका–१ मथुरापाटीका महिला उद्यमीको वित्तीय सिप विकासमा केन्द्रित रहेको जनाएको छ ।

कार्यक्रममा मुख्य प्रशिक्षकको रूपमा रहेका नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक नरबहादुर थापाले पूँजीको प्रयोग सबै जनताले गर्नुपर्ने र गर्न पाउनुपर्नेमा जोड दिए ।

कार्यक्रममा बचत, कर्जा, बीमा, शेयर बजार र वित्तीय प्रणालीका बारेमा छलफल भएको थियो । कार्यक्रमका सहभागीहरूले बैंकबाट सहज रूपमा ऋण प्राप्त गर्न नसकेको र सहुलियतपुर्ण कर्जा प्राप्त गर्न झनै कठिनाइ रहेको गुनासो समेत गरेका थिए ।

 



प्रतिक्रिया दिनुहोस्