Logo

खुशीयाली मनाउन आज मधेश प्रदेशमा बिदा



जनकपुर, ४ माघ: प्रदेशसभाबाट मधेश प्रदेश नामकरण र जनकपुरधाम राजधानी भएको खुशीयालीमा आज सार्वजनिक बिदा दिएको छ । मधेश प्रदेश सरकारका प्रवक्ता तथा आर्थिक मामिलामन्त्री शैलेन्द्रप्रसाद साहले आज प्रदेशभरि सार्वजनिक बिदा दिएको जानकारी दिए ।

मन्त्रिपरिषद्बाट निर्णय गर्न नभ्याइए पनि मुख्यमन्त्री लालबाबु राउत र मन्त्रीहरूको सल्लाहमा आज सार्वजनिक बिदा दिएको मन्त्री साहले बताए । हिजो बसेको प्रदेशसभा बैठकबाट करिब चार वर्षपछि प्रदेशको नाम र स्थायी राजधानीको टुङ्गो लागेको छ ।-File Photo



प्रतिक्रिया दिनुहोस्

Screenshot