Logo

कोरोना संक्रमण बढ्नुमा नेताहरुको गल्ती, पूर्वराजा ज्ञानेन्द्र शाहलाई पनि छोडेनन् दिक्षितले (भिडिओसहित)



काठमाडौं, ४ माघ । वरिष्ठ चिकित्सक डा. सुन्दरमणि दिक्षितले कोरोना संक्रमणबाट जोगिनको लागि मास्क अनिवार्य लगाउनुपर्नेमा जोड दिएका छन् । उनले सरकारले सबै जनतालाई कोरोनाविरुद्धको खोप दिन नसकेकोमा गुनासो पोखे ।

हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले सरकारले नाका नाकामा तत्काल कडाई गर्नुपर्ने सुझाव दिए । उनले नेताहरुले पनि लापरवाही गरेको आरोप लगाए । सरकारले आफ्नो निर्देशन कार्यान्वयन गर्न नसकेको गुनासो पोखे ।

पृथ्वीजयन्तीको अवसरमा सिंहदरबारअघि रहेको शालिकमा ठूलो भीड भएको र त्यसमा राष्ट्रपति विद्यादेवी भण्डारी र पूर्वराजा ज्ञानेन्द्र शाह नै सरिक भएकोमा पनि उनले आफ्नो असन्तुष्टि पोखे ।

उनले वर्तमान सरकार भ्याक्सिन उपलब्ध गराउने कुरामा चुकेको सुनाए । भारतमा ओमिक्रोन आक्रामक रुपमा फैलिएपछि नेपालमा कडाईको लागि आवश्यक तयारी गर्नुपर्नेमा त्यसो नगरिएको उनको गुनासो थियो ।



प्रतिक्रिया दिनुहोस्