Logo

धुर्मुस-सुन्तलीविरुद्ध किन खनिए थापा ? (भिडिओसहित)



काठमाडौं, ४ माघ । समाजसेवी हेम थापाले गौतम बुद्ध अन्तर्राष्टिय क्रिकेट रंगशाला देशको लागि आवश्यक भएपनि यस्तो गौरवको आयोजना सरकारले निर्माण गर्नुपर्नेमा जोड दिएका छन् ।

उनले अहिले मुलुकको दुरदराजमा असहाय, दिनदुखी र गरिब जनतालाई सिटामोल दिन सकिनेमा सक्दै नसकिने काममा हात हालेर धुर्मुश र सुन्तलीले गल्ती गरेको टिप्पणी गरे ।

हिजो राति प्राइम टिभीबाट प्रसारण भएको “जनता जान्न चाहन्छन्” कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । थापाले जनतासामू गरिएका वाचा पूरा गर्न नसकेकोले धुर्मुश र सुन्तलीले ठगी काम गरेको पनि आरोप लगाए ।

उनले यो संसारमा आफू नै एउटा व्यक्ति जसले सबैभन्दा बढि दान गरेको भन्दै अहिलेसम्म १९ करोड दान गरिसकेको सुनाए । उनले आफूले अहिलेसम्म एक रुपैयाँ कसैसँग लिएको प्रमाणित भयो भने प्राइम टिभीको स्टुडियोमै आएर विष सेवन गरेर मर्ने पनि घोषणा गरे ।

उनले अहिलेसम्म आफूले धुर्मुश सुन्तलीलाई २ लाख रुपैयाँ दिएको सुनाए । र, यो बालुवामा पानी हालेजस्तो भएको पनि उनले सुनाए ।



प्रतिक्रिया दिनुहोस्