Logo

काठमाडौंका यी स्थानमा पाइन्छ ‘बुस्टर डोज’ खोप



काठमाडौं, ४ माघ । काठमाडौंमा कोरोना भाइरसविरुद्धको थप मात्रा ‘बुस्टर डोज’ खोप लगाउन सोमबारदेखि सुरु गरिएको छ । कोभिड–१९ को दुई डोज खोप लगाएको र ६ महिना पुरा भएका लक्षित वर्गले बुस्टर डोज लगाइने व्यवस्था सरकारले गरेको हो ।

पहिलो मात्रा लगाएको ६ महिनाकटेपछि मात्र खोपकार्ड र कार्यालयको परिचय पत्रको आधारमा खोप लगाउने व्यवस्था मिलाइएको छ।

स्वास्थ्य कार्यालय काठमाडौंको अनुसार काठमाडौंमा बुस्टर डोज खोप अग्रपक्तिमा खटिने व्यक्तिहरुको लागि खोप संचालन भइरहेको हो ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot