Logo

एमाले फुटाउने मतियार सभामुख सापकोटा हुनुभयो : पद्यमा अर्याल (भिडिओसहित)



काठमाडौं, ४ माघ । नेकपा (एमाले) की सचिव एवम् पूर्वमन्त्री पद्यमा अर्यालले पार्टीका सबै नेता, कार्यकर्ताहरुको साथ र सहयोगले आफूले सफलता हाँसिल गरेको सुनाईन् । उनले एमाले विधिको शासनमा विश्वास गर्ने लोकतान्त्रिक पार्टी भएको उल्लेख गरिन् ।

हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएकी हुन् । उनले सभामुख अग्निप्रसाद सापकोटाले एमाले फुटाउनको लागि गलत हर्कत गरेको आरोप लगाईन् ।

उनले आफूहरुले संसद्मा अवरोध नगरेको जिकिर गरिन् । उनले एमाले फुटाउने मतियार सभामुख सापकोटा बनेको आरोप लगाईन् । उनले आफूहरुले सभामुखमाथि दोष नलगाएको पनि जिकिर गरिन् । उनले एमाले एक्लै निर्वाचनमा जाने पनि सुनाईन् ।



प्रतिक्रिया दिनुहोस्