Logo

कृषिमन्त्री यादवलाई ऋषि धमलाको प्रश्न : तपाईँको पार्टी फुट्न लागेको हो ? (भिडिओसहित)



काठमाडौं, ४ माघ । कृषि तथा पशुपन्छी विकासमन्त्री एवम् जसपाका शीर्ष नेता महिन्द्र राय यादवले पार्टीभित्र आन्तरिक विवाद भएपनि पार्टी नै विभाजन भने नहुने दाबी गरेका छन् ।

उनले आजको दिनमा पार्टी कुनै पनि हालतमा नफुट्ने जिकिर गरे । उनले बरु पार्टी सामूहिक नेतृत्वको भावनाअनुसार चलिरहेको दाबी गरे ।

हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले आफ्नो पार्टी देशको विकास र समृद्धि अनि अखण्डता अक्षुण राख्न सक्षम रहेको सुनाए ।

उनले पार्टीभित्र शीर्ष नेताहरुबीच कुनै विवाद नरहेको जिकिर गरे । बरु, सामूहिक नेतृत्वको कुरा भने उठेको उनको भनाई छ । उनले बाबुराम भट्टराई र उपेन्द्र यादबीच कुनै मनमुटाव नरहेको पनि दाबी गरे ।



प्रतिक्रिया दिनुहोस्