काठमाडौँ, ४ माघ । पछिल्लो समयमा विश्वभर कोरोना संक्रमणदर फैलिरहेको छ । नेपालमा पनि केही दिन यता ५ हजार माथिको संख्यामा संक्रमित थपिएका छन् । कोरोना संक्रमणदर बढ्दै गएपछि उपत्यकाका धार्मिकस्थलमा हुने नित्य, पूजा, ध्यान र प्रार्थना मात्रै गर्न पाइने भएको छ ।
उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयले कोरोना संक्रमणको बढ्दो जोखिमलाई मध्यनजर गर्दै मठमन्दिर, मस्जिद, गुम्बा, चर्च लगायतका धार्मिक स्थलमा जनस्वास्थ्यका मापदण्ड पालना गरी माघ मसान्तसम्म नित्य, पुजा, ध्यान र प्राथना मात्र गर्न आग्रह गरेको हो ।
मन्दिर दर्शन र पूजाआजामा मंगलबारदेखि अस्थायी रुपमा रोक लगाएको जनाएको छ । यो रोक माघ मसान्तसम्म लागू हुनेछ ।