Logo

छ महिनामा निगमलाई १९ अर्ब घाटा



काठमाडौँ, ४ माघ। नेपाल आयल निगमले चालू आर्थिक वर्षको छ महिनाको अवधिमा रु १९ अर्ब २६ करोड घाटा व्यहोरेको छ । जनवरी १५ मा आइओसीबाट प्राप्त नयाँ मूल्यसूचीअनुसार निगमले मूल्य समायोजन नगर्ने हो भने मासिक घाटा रु ५ अर्ब पुग्ने उनले बताए । बढेको खरिद मूल्यअनुसार निगमलाई पाक्षिकरुपमा रु दुई अर्ब २४ करोड नोक्सानी रहेको छ ।

माघ १७ गतेसम्म रु २१ अर्ब ५० करोड घाटा व्यहोर्नुपर्ने निगमको प्रक्षेपण छ । मूल्य समायोजन गरिएता पनि महिनाका करिब ४ अर्ब मासिक घाटा रहेको हुँदा आगामी तीन महिनासम्मका लागि देशभर पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्था सहज बनाइराख्न हालको खरिद मूल्यअुनसार न्यूनतम करिब रु १२ अर्ब आवश्यक पर्ने निगमको भनाइ छ ।-File Photo



प्रतिक्रिया दिनुहोस्

Screenshot