काठमाडौं, ४ माघ । शेयर बजारमा आज नेप्से मंगलबार दोहोरो अंकले घटेको छ । आज नेप्से १० दशमलव ७८ अंकले घटेर २ हजार ९ सय ३६ दशमलब ६६ विन्दु कायम भएको हो ।
तर कारोबार रकम भने आज बृद्धि भएको छ । आज ८ अर्ब ४४ करोड ३४ लाख बराबरको कारोबार भएको छ । हिजो ७ अर्ब ९० करोड १८ लाख बराबरको कारोबार भएको थियो ।