काठमाडौँ, ४ माघ। प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले माघ २० गतेभित्र बस्ने प्रदेशको नवौं हिउँदे अधिवेशनबाट प्रदेशको नाम र राजधानी टुंगो लगाउने स्पष्ट पारेका छन् ।आज (मंगलबार) सञ्चारकर्मीसँगको कुराकानीमा मुख्यमन्त्री राईले यस्तो बताएका हुन् ।
सञ्चारकर्मीसँग कुरा गर्दै उनले भने, ‘माघ २० गतेभित्र प्रदेशको नवौं तथा हिउँदे अधिवेशन सुरु हुन्छ । त्यही अधिवेशनबाट नामको टुंगो लगाउने तयारी छ ।’-File Photo