Logo

मधेस प्रदेशमा भोलि पनि सार्वजनिक बिदा, प्रत्येक सहिद परिवारलाई ३ लाख दिने



काठमाडौं, ४ माघ । मधेस प्रदेशले भोलि पनि सार्वजनिक बिदा दिने भएको छ । दुइतिहाई बढी मतले स्थायी राजधानी जनकपुरधाम र प्रदेशको नाम मधेस प्रदेश कायम भएकोले आज बिदा दिएको हो ।  भोलि मंगलबार (५ माघ)मा बलिदानी दिवस भएकोले प्रदेशभर सार्वजनिक बिदा दिन लागेको प्रदेशले जनाएको छ ।

मधेस आन्दोलनमा शहादत प्राप्त गरेका सहिदको सम्झनामा पहिलोपटक सिरहाको लहानमा, दोस्रोपटक पर्साको वीरगञ्जमा र तेस्रोपटक धनुषाको जनकपुरधाममा बलिदानी दिवस मनाएको मधेस सरकारले यसपटक भने सप्तरीको सदरमुकाम राजविराजमा मनाउने भएको हो । साथै सहिद परिवारलाई सरकारले जनही ३ लाखका दरले आर्थिक सहायता उपलब्ध गराउने पनि जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्