सर्लाही, ४ मास : सर्लाहीको हरिवन नगरपालिका-९ स्थित पूर्व-पश्चिम लोकमार्गमा बस दुर्घटना हुँदा १७ जना घाइते भएका छन् । हरिवन नगरपालिका-९ स्थित पूर्व-पश्चिम लोकमार्गमा मंगलबार दिउँसो बस पल्टिएको प्रहरीले जनाएको छ ।
बस अनियन्त्रित भई पल्टिँदा बसमा सवार १७ जना घाइते भएका इलाका प्रहरी कार्यालय हरिवनले जनाएको छ । पश्चिमबाट पूर्वतर्फ गइरहेको ना५ख ५०५५ नम्बरको अग्नि यातायातको बस हरिवन नगरपालिका–९ नोचामा पल्टिएको हो ।
तीव्र गतिमा रहेको बस अनियन्त्रित भई पूर्व–पश्चिम लोकमार्गबाट तल खस्दा १७ जना घाइते भएकोमा एक जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
घाइतेहरूको हरिवनस्थित नमुना अस्पताललगायत विभिन्न स्वास्थ्य संस्थामा उपचार भइरहेको छ । बसमा २५ जना सवार रहेका थिए ।