Logo

सिटौला पक्षीय ने.बि.संघको भेला सम्पन्न, गतिरोध हटाउन पहलकदमी लिने



काठमाडौं, ५ माघ । काङ्ग्रेस नेता कृष्ण प्रसाद सिटौला पक्षीय नेपाल विद्यार्थी संघका नेताहरुको भेला मंगलबार काठमाडौमा सम्पन्न भएको छ । गौशाला स्थित नेता सिटौलाको सम्पर्क कार्यालयमा आयोजना गरिएको भेलामा बर्तमान समयमा नेबिसंघ भित्र देखिएको गतिरोध, अध्यक्ष राजिब ढुंगाना पार्टीको केन्द्रीय सदस्य निर्बाचित भएपछिको बैधानिक र ब्यबहारिक पक्ष, केन्द्रीय समितिकोको पूर्णता र महाधिवेशन,स्वबियु निर्वाचन लगाएत बिषयमा छलफल भएको हो ।

संघका महामन्त्री बलदेव तिमल्सिनाको प्रमुख आतिथ्यतामा सम्पन्न भेलामा सबै बिषयमा खुल्ला र गम्भीर छलफल गर्न र सुझाब दिन आग्रह गर्दै महामन्त्री तिमल्सिनाले नेबिसंघ भित्र देखिएको सबैखाले समस्याको चिरफार गर्नुपर्ने, गतिरोधलाई चिर्दै संघलाई सक्रिय गराउन आबश्यक रहेको बताए ।
महामन्त्री तिमल्सिनाले एकातिर संघको महाधिवेशन सम्पन्न गर्न ढिला भएको छ भने अर्कोतर्फ स्वबियु निर्वाचन गराउनु पर्ने दायित्व संघको अगाडि जिम्मेवारीको रुपमा आएको छ,यो अबस्थामा संघ लाई गतिरोधमा राखिनु हुन्न,यसको गतिरोध हटाउन आबश्यक पहलकदमी लिनेछु।

महामन्त्री तिमल्सिनाको प्रमुख आतिथ्यतामा सम्पन्न भेलामा संघका पुर्ब उपाध्यक्ष गणेश राज भट्ट, पुर्ब सहमहामन्त्री परमेश्वर शाह, नेताहरू भागवत रेग्मी,रोहित भट्टराई, बिपिन अधिकारी ,धनेन्द्र के.सी. पुर्ब केन्द्रीय सदस्यहरु मन्जित ताम्राकार, रत्नहरी ढुङ्गेल, सुशील भट्ट,नवराज त्रिपाठि,रुपा पोख्रेल, पुष्प बस्नेत, नेताहरू हरि आचार्य, बिनोद बराल, पावल बज्राचार्य, कर्ण ओलि, सहदेब तिमल्सिना, मनिष रायमाझी, अशोक धमला, शोभा बस्ताकोटी, बिन्दा बोगटी,सुभाष घिमिरे लगाएत काठमाडौमा उपलब्ध करिब १०० जना नेता कार्यकर्ता उपस्थित रहेको संघका पुर्ब केन्द्रीय सदस्य रत्नहरी ढुङ्गेलले बताए ।

 



प्रतिक्रिया दिनुहोस्