Logo

प्रहरीमाथि लुटेराको आक्रमण, असई घाइते



धनुषा, ५ माघ । धनुषामा लुटेरा समुहले प्रहरीमाथि आक्रमण गरेको छ । लुटेराको समुहको आक्रमणबाट प्रहरीका असई मनोज पोखरेल घाइते भएका हुन् ।

मंगलबार राति धनुषाको बटेश्वर गाउँपालिका–४ मा लुटेरा समुहले प्रहरीमाथि आक्रमण गरेको हो । उनको प्रादेशिक अस्पताल जनकपुरमा उपचार भइरहेको छ । पोखरेलको टाउकोमा १२ वटा टाँका लागेको प्रहरीेले जनाएको छ ।

भारतबाट आएका बटेश्वर जाने क्रममा एक व्यक्तिलाई लुटपाट गरेर भागेका लुटेराहरुलाई पक्राउ गर्न खोज्दा पोखरेलमाथि आक्रमण भएको बताइएको छ । घटनामा सम्लग्न ५ जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot