Logo

उपत्यकामा आजबाट नयाँ नियम लागु, सभा जुलुश गर्न रोक



काठमाडौं, ५ माघ । विश्वब्यापी रुपमा फैलिएको कोरोना महामारीले गर्दा फेरी पनि अस्तब्यस्त हुने भएको छ । कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण रोकथाम नियन्त्रणको लागि काठमाडौं उपत्यकामा नयाँ नियम लागु भएको छ ।

काठमाडौँ, ललितपुर र भक्तपुरले मङ्गलवार बेलुका १२ बजेबाट लागू हुने गरी नयाँ आदेश जारी गरेको हो । आजबाट सबै प्रकारका सभा जुलुस माघ मसान्तसम्मको लागि बन्द गरिएका छन्। त्यस्तै, सबै प्रकारका गोष्ठी, सभा, सेमिनार भर्चुअल माध्ययमबाट गर्न समेत माघ मसान्तसम्म बन्द गरिएको छ ।

माघ ७ गतेदेखि भौतिक रुपमा उपस्थित हुनैपर्ने भएमा स्वास्थ्य मापदण्डको पालना गरी २५ जना भन्दा बढी नहुने गरी पुर्ण खोप लगाएकाहरुलाई मात्रै उपस्थित गराउन आदेश दिइएको छ । यसैगरी प्रशासनले डान्सबार, सिनेमा हल, रोधीघर, फुटसल, पटके हाटबजार लगायत मानिस भिडभाड हुने क्षेत्र पनि माघ १५ गतेसम्म बन्द गर्न आग्रह गरेको छ ।

मठ–मन्दिर, मस्जिद, गुम्बा, चर्च लगायतका धार्मिकस्थलमा जनस्वास्थ्यका मापदण्ड पालना गरी माघ मसान्तसम्म नित्य पूजा, ध्यान र प्रार्थना मात्र गराउन भनिएको छ।

सपिङ मल, डिपार्टमेन्ट स्टोर, सुपर मार्केट वा अन्य प्रकारका पसल एक पटकमा २५ जना भन्दा बढी नहुने, कुनै पनि सामान अनावश्यषक रूपमा नछुन आग्रह गरिएको छ ।

 

 



प्रतिक्रिया दिनुहोस्