Logo

१३८ केजीका श्रममन्त्री श्रेष्ठको चुनावसम्म १०० केजीमा झर्ने घोषणा (भिडिओसहित)



काठमाडौं, ५ माघ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले आगामी निर्वाचनमा पनि आफू विजयी हुने दाबी गरेका छन् ।

हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

उनले आफ्नो पार्टी कुनैपनि हालतमा चुनावबाट नभाग्ने पनि जिकिर गरे । उनले आफू १३८ केजीबाट अहिले १३२ केजीमा झरेको सुनाए । आउने निर्वाचनमा उनले १०० केजीसम्म झर्ने पनि सुनाए ।

उनले आफू अहिलेपनि छरितो र फुर्तिलो रहेको सुनाउँदै उड्छुजस्तो लागेको सुनाए । उनले आफूले जनताको पक्षमा काम गरेको सुनाए ।



प्रतिक्रिया दिनुहोस्