Logo

स्थानीय चुनावमा पाँच दलीय गठबन्धनबीच तालमेल होला ?



काठमाडौं, ५ माघ । सरकार स्थानीय चुनावको मिति घोषणा गर्न अझै अलमलिएको छ । संविधान अनुसार ५ जेठ २०७९ अगावै स्थानीय तहका जनप्रतिनिधि नयाँ निर्वाचित भइसक्नुपर्छ । त्यस अगावै चुनाव हुने गरी मिति घोषणाको चर्चा छ । तर, सत्ता गठबन्धन प्रतिनिधि सभाको चुनावमा बढी केन्द्रित देखिदैछ ।

निर्वाचन आयोगले तत्काल चुनावको मिति घोषणा गर्न सरकारलाई आग्रह गरिरहेको छ । बिहिबार बस्ने भनिएको मन्त्रिपरिषद बैठकले मिति घोषणा गर्ने चर्चा छ । तर, केही समय पछि धकेलेर चुनाव गर्नेबारे पनि छलफल चलेको छ ।

स्थानीय चुनावमा पाँच दलीय गठबन्धनले तालमेल गर्ने हुन् या होइनन् ? चासो बनेको छ ।

राष्ट्रिय सभा चुनावको १९ सिटका लागि चुनाव हुँदैछ । १२ माघमा हुने चुनावमा ५ दलीय गठबन्धनले तालमेल गरेका छन् ।

स्थानीय चुनाव घोषणा भएमा पाँच दलीय गठबन्धनले विभिन्न पालिकामा गठबन्धन गर्ने चर्चा छ । आफ्नो पकड क्षेत्रमा मेयर वा प्रमुख लिएर अन्य पदमा बाँडफाँड गर्ने गरी गठबन्धनले व्यवस्थापन गर्ने सम्भावना पनि छ । यसबारे कुराकानी भइरहेको छ ।

नेपाली काँग्रेसभित्र राष्ट्रियसभाको १२ माघको चुनावपछि गठबन्धन नहुने आवाजहरु उठ्दै आएको छ । काँग्रेस महामन्त्री गगन थापाले गठबन्धनबीच अब चुनावमा तालमेल नहुने बताउँदै आएका छन् । तर, काँग्रेस सभापति शेरबहादुर देउवानिकट नेताहरु भने गठबन्धनको पक्षमा उभिएका छन् । केन्द्रीय सदस्य डा. शेखर कोइराला पनि चुनावमा अब तालमेल गर्न नहुने पक्षमा छन् ।

काँग्रेसभित्र चुनावमा तालमेल गर्न हुने या नहुनेमा मतभेद बढिरहेको छ । काँग्रेस हत्तपत्त चुनावमा तालमेल गर्दैन । तर, चुनावी प्रणाली कसैको बहुमत नआउने खालको भएकाले तालमेल गर्नुपर्ने पक्षमा काँग्रेसका प्रभावशाली नेताहरु छन् ।

विगतमा केही स्थानमा स्थानीय चुनावमा तालमेल नभएको होइन । भरतपुर महानगरपालिकामा काँग्रेसले रेनु दाहालका लागि मैदान खाली गरिदिएको थियो । विभिन्न पार्टीहरुसँग अघोषित तालमेलहरु पनि भएका थिए । यसपटक पनि घोषित या अघोषित गठबन्धनको सम्भावना छ



प्रतिक्रिया दिनुहोस्