Logo

कोरोना फैलाउने कारक बन्यो सरकारको यो निर्णय



काठमाडौं, ५ माघ । नेपालमा कोरोना भाइरस फैलनुको मुख्य कारक सरकार र मुख्य राजनीतिक दल नै बनेका छन् । राजनीतिक दलहरुले कोरोना फैलदा पनि सभा, सम्मेलन, महाधिवेशनहरु गरे । नेताहरु नै संक्रमित भए ।

पछिल्लो समय सरकारले कोरोना भाइरसको भ्याक्सिन नलगाई सार्वजनिक ठाउँमा छिर्न वञ्चित गरेको छ । यसले सर्वसाधारण खोप लगाउने दौडमा लागेका छन् ।

खोप लगाउनेको भीड लागेको छ । ठेलमठेल भीडमा खोप लगाउनेहरु देखिएका छन् । यसले संक्रमण फैलन खतरा बढेको छ ।

सरकारको खोप अनिवार्य गर्ने तर सर्वसुलभ र सहज नबनाउने कदमले कोरोना झन् फैलाउन थालेको छ । विदेशमा खोप अनिवार्य गरेपछि घरमै गएर भएपनि खोप लगाइदिन थालिएको छ । भारतका विभिन्न राज्यमा खोप नलगाएकालाई खोजी खोजी लगाइदिने क्रम चलेको छ ।

नेपालमा भने खोप अनिवार्य गरेर राज्यले भीड सृजना गरिदिएको छ । निर्णय गर्ने कार्यान्वयन फितलो गर्ने सरकारको कार्यशैली फेरि प्रष्ट भएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot