Logo

बैंकमा हुने ठगीका घटनामा मोबाइल बैंकिङ ठगी दोस्रो नम्बरमा



काठमाडौं, माघ ६ । कोरोना भाइरसको महामारी र नयाँ डिजिटल मुद्राको सञ्चालन बढेपछि पछिल्लो समय भारतमा ठगी एवम् धोकाधडीका घटनाहरु बढेका छन् ।

यसको सामना गर्न बैंक तथा वित्तीय संस्थाहरुलाई सकस भइरहेको डेलोइट इन्डियाले हालै गरेको एक सर्वेक्षणले देखाएको छ । यो प्रवृत्तिले भारतमा निरन्तरता पाउने पनि डेलोइटले दावी गरको छ ।

आगामी दुई वर्षमा यस्ता घटनाहरुमा वृद्धि हुने पनि प्रतिवेदनमा भनिएको छ । यस्ता घटनाहरु बढ्नुको मुख्य कारणमा बृहत स्तरका रिमोट वर्किङ मोडल, शाखारीहत बैंकिङ च्यानल प्रयोग गर्ने ग्राहकको संख्यामा भएको वृद्धि र सम्भावित जोखिमहरुको पहिचान गर्न फरेन्सिक विश्लेषणहरुको सीमित वा अप्रभावकारी प्रयोग रहेको डेलोइट टची तोह्मासु इन्डिया एलएलपी (डीटीटीएल) ले भनेको छ ।

डेलोइटले सो सर्वेक्षणमा भारतका निजी, सरकारी, विदेशी, सहकारी र क्षेत्रीय ग्रामीण बैंक लगायत विविध वित्तीय संघसंस्थाका ७० जना सीईओ वा समकक्षी कार्यकारीरअनुपालना र जोखिम व्यवस्थापनका लागि जिम्मेवार वरिष्ठ व्यवस्थापन अधिकारी, लेखापरीक्षक(वित्त, सम्पत्ति पुनःबहाली अधिकारी आदिको धारणा समाविष्ट गरेको थियो । आर्थिक अभियान दैनिकबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot