काठमाडौं, ६ माघ । अमेरिकी दुतावासले नेपाल पर्यटन बोर्डलाई सम्मान गरेको छ । कोभिड–१९ संक्रमणको क्रममा लकडाउनमा पनि आफ्नो देशका पर्यटकलाई सहयोग र उद्धार गरेको भन्दै दुतावासले बुधबार एक कार्यक्रमको आयोजना गरी पर्यटन बोर्डलाई सम्मानित गरेको हो ।
नेपालका लागि अमेरिकी राजदुत ¥यान्डि बेरीले नेपाल र अमेरिकाबीच लामो कुटनीतिक सम्बन्ध रहेको बताए । उनले नेपालको आर्थिक सामाजिक विकासमा अमेरिकाले सधैं सहयोग गर्ने समेत प्रतिवद्धता समेत व्यक्त गरे ।