काठमाडौँ, ६ माघ। स्थानीय तहको निर्वाचनअघि संघीय संसदको निर्वाचन गर्ने प्रस्तावप्रति नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले सत्ता गठबन्धनको व्यंग्य गरेका छन् । महासचिव पोखरेलले सामाजिक संजालमार्फत सत्ता गठबन्धनप्रति व्यंग्य गरेका हुन्।
उनले लेखेका छन्, ‘पाँच वर्ष अगावै चुनाव गर्नु प्रतिगमन हो भन्ने सत्ता गठवन्धन स्थानीय चुनाव पछि सार्ने गरी वैशाखमै संसदको चुनाव गर्न तयार भए रे !’
गठबन्धनमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल स्थानीय तहको निर्वाचनअघि संसदीय निर्वाचन गर्नुपर्ने पक्षमा उभिएका छन् ।