मोरङ, ६ माघ। १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा सुनवर्षी नगरपालिका-७ बरडंगा बस्ने २२ वर्षीय सुरेन्द्र रिषिदेवलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
सुरेन्द्रले ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।-File Photo