Logo

त्रिभुवन विश्वविद्यालयका परीक्षा अनुगमन गर्न प्रधानमन्त्री देउवाको निर्देशन



प्रधानमन्त्री शेरबहादुर देउवाले त्रिविका परीक्षा अनुगमन गर्ने निर्देशन दिएका छन् । त्रिभुवन विश्वविद्यालयका कुलपतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले स्वास्थ्य मापदण्ड पालना गरी त्रिविका परीक्षा सञ्चालन भएका छन् कि छैनन् भन्ने अनुगमन गर्न निर्देशन दिएका हुन् ।पछिल्लो समय त्रिविले सञ्चालन गरेका परीक्षामा कोरोना संक्रमित विद्यार्थी पनि अरू विद्यार्थीसँगै राखेर परीक्षा लिइरहेको गुनासा आएपछि प्रधानमन्त्री देउवाले सो निर्देशन दिएका हुन् ।

परीक्षा केन्द्रमा सामाजिक दूरी कायम गरी विद्यार्थी राखे वा नराखेको तथा सेनिटाइजर लगायतका सामग्री व्यवस्था भए वा नभएको समेत अनुगमन गर्न प्रधानमन्त्री देउवाले निर्देशन दिएका छन् । अनुगमनका क्रममा स्वास्थ्य मापदण्ड पालना गरेको नपाइएमा केही साता परीक्षा स्थगित गर्नसमेत देउवाले निर्देशन दिएको उनको सचिवालयले जनाएको छ।

प्रधानमन्त्री देउवाले मुख्यसचिव शंकरदाश बैरागीमार्फत् सबै जिल्ला प्रशासन कार्यालयलाई परीक्षामा कोभिड प्रोटोकल पालना भए नभएको अनुगमन गर्न निर्देशन दिएका हुन् ।



प्रतिक्रिया दिनुहोस्