Logo

निर्वाचन आयोगद्वारा राष्ट्रियसभा निर्वाचनका लागि २१ बुँदे स्वास्थ्य सुरक्षा मापदण्ड जारी



काठमाडौँ, ६ माघ। निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनमा स्वास्थ्य सुरक्षा मापदण्ड लागू गरेको छ । माघ १२ गते हुने राष्ट्रिय सभा निर्वाचनमा आयोगले मतदाता, मतदान कर्मचारी, उम्मेदवार, दलका प्रतिनिधि, सुरक्षाकर्मी तथा स्वयंसेवकलगायतलाई लक्षित गरेर २१ बुँदे स्वास्थ्य सुरक्षा मापदण्ड अपनाउने भएको हो ।

मापदण्डअनुसार कोरोना संक्रमण पुष्टि भएका मतदाताहरुलाई प्राथिमकताका साथ छुट्टै लाइनमा राखेर अन्य मतदानको व्यवस्था गराइएको छ । कोरोना संक्रमितहरूले पन्जा, मास्क र फेस सिल्डको प्रयोग अनिवार्य गरेर मतदान गर्न पाउने आयोगले बताएको छ । मतदानमा सहभागी हुनका लागि पूर्ण खोप लगाएको हुनुपर्ने मापदण्डमा उल्लेख छ । मतदानस्थल मास्क अनिवार्य गरिएको छ । मतदानस्थलमा तापक्रम मापन गर्ने र दुई जना स्वास्थ्यकर्मीको रहेको हेल्थ डेस्कको व्यवस्था गरिएको छ ।

मतदान स्थलमा सामाजिक दूरी अनिवार्य गरिएको छ । स्यानिटाइजरको प्रयोगलाई अनिवार्य गरिएको छ । मतदान सामग्रीहरूको अनिवार्य रुपमा निःसंक्रमण गर्नेुपर्ने स्वास्थ्य मापदण्डमा उल्लेख छ ।



प्रतिक्रिया दिनुहोस्