Logo

हिमानी ट्रस्टको शाखा अमेरिकामा पनि, हिमानीले गरिन् उद्घाटन



काठमाडौं, ६ माघ । सामाजिक कार्यका लागि स्थापना भएको ‘हिमानी ट्रस्ट’ अमेरिकामा पनि विस्तार भएको छ । पूर्व युवराज्ञी हिमानी शाहले अमेरिकाको भर्जिनिया राज्यस्थित लिजबर्ग शहरमा हिमानी ट्रष्ट युएसएको उद्घाटन गरेकी हुन् ।

कार्यक्रममा पूर्व युवराज्ञी हिमानी शाहले आफ्नो संस्थाको बारेमा बताएकी थिइन् ।  नेपाली राष्ट्रिय गान तथा अमेरिकी राष्ट्रिय गान बजाइएको कार्यक्रममा हिमानी ट्रस्ट युएसएका विभिन्न शाखाका पदाधिकारी, स्थानीय सामाजिक अभियन्ता, विदेशी पाहुनाको सहभागिता थियो ।

कार्यक्रममा हिमानी ट्रस्ट युएसएका महासचिव आनन्दु लामाले हिमानी शाह र उनकै नेतृत्वमा खोलिएको हिमानी ट्रस्टले सामाजिक सेवामा पु¥याएको योगदानको प्रशंसा गरेका थिए ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot