Logo

काराबाओ कपको फाइनलमा लिभरपुल र चेल्सी भिड्ने



काठमाडौं, ७ माघ । काराबाओ कप फुटबलमा लिभरपुल फाइनलमा प्रवेश गरेको छ ।

बिहीबार राति भएको सेमिफाइनलमा आर्सनललाई २–० गोल अन्तरले पराजित गर्दै लिभरपुल फाइनल प्रवेश गरेको हो ।

खेलको १९औं मिनेटमा डिएगो जोटाले गोल गर्दै लिभरपुललाई सुरुआती अग्रता दिलाएका थिए ।

साथै, खेलको ७७औं मिनेटमा जोटाले व्यक्तिगत दोस्रो गोल गर्दै लिभरपुललाई २–० को जित दिलाए ।

खेलको ९०औं मिनेटमा थोमस पार्टेले रातो कार्ड पाएपछि आर्सनल १० खेलाडीमा सिमित भएको थियो ।

उपाधिका लागि लिभरपुलले फेब्रुअरी २७ मा चेल्सीको सामना गर्नेछ ।



प्रतिक्रिया दिनुहोस्