काठमाडौं, ७ माघ । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोन सहितको संक्रमण नियन्त्रण र रोकथामको लागि काठमाडौं उपत्यकामा नयाँ आदेश जारी गरिएको छ । उक्त आदेश आज रातिदेखि लागु हुने उपत्यकाका तीनै जिल्ला प्रशाशन कार्यालयले जनाएका छन् ।
आजदेखि सबै प्रकारका आमसभा, जुलुश, सभा, भेला, मेला, सम्मेलन, सिनेमाहल, डान्सबार, दोहोरी, नाचघर, क्यासिनो, क्लब, हेल्थक्लब, जीमखाना, रंगशाला, संग्रहालय, पुस्तकालय, चिडियाखान,कभर्ड हल, स्वीमीङ पुल, फुटसल, जात्रा, महोत्सव, पटकेहाटबजार र मानिसहरुको भिडभाड हुने अन्य कार्यक्रम गर्नमा रोक लगाइएको छ ।
त्यस्तै, आज राति १२ बजेदेखि लागुहुने गरी तालिम केन्द्र, कोचिङ्ग सैन्छर, सेन्टर टुयुसन कलेज, विद्यालयहरु भौतिक उपस्थितिमा नगर्न प्रशासनले आदेश दिएको छ ।
यसैगरी, विश्वविद्यालय, विद्यालयका परीक्षा, जनशक्ति भर्नाका परीक्षा लगायतका सबै किसिमका परीक्षाहरु नगर्ने, नगराउने तर पुर्वनिर्धारित विशिष्ठ प्रकृतिको छनौट परीक्षा (विदेशी भाषा परीक्षासमेत) स्वास्थ्य मापदण्डको पालना गरी सञ्चालन गर्न सकिने आदेशमा उल्लेख गरिएको छ ।