काठमाडौँ, ७ माघ। नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले एक बहालवाला मन्त्रीले ‘गौर नरसंहार’ दोहोर्याउने अभिव्यक्ति दिइरहँदा पनि प्रधानमन्त्री शेरबहादुर देउवा नबोलेर गठबन्धनको बन्दी बनेकै हुन् भन्दै प्रश्न गरेका छन् । भौतिक पूर्वाधारमन्त्री रेणु यादवले जनमत पार्टीका अध्यक्ष सीके राउतलाई हत्या गर्ने धम्की दिँदा पनि प्रधानमन्त्री देउवा उक्त विषयमा नबोलेको भन्दै पोखरेलले सामाजिक संजालमार्फत आपत्ति जनाएका हुन् ।
ट्वीटरमा उनले लेखेका छन्, ‘गठबन्धनकी एउटी नेतृ/वहालवाला मन्त्रीले विगतमा (आफूहरूद्वारा) घटित गौर नरसंहार दोहोर्याउने उद्दण्ड हुंकार गरिन्, विगत गौर नरसंहारमा पीडित हुँ भन्ने र अहिलेको गठबन्धनका प्रमुख सूत्रधार हुँ भन्ने केही बोल्छन्- बोल्दैनन्, गर्छन् गर्दैनन् ? प्रम देउवा गठबन्धनको बन्दी बनेकै हुन् ?।’
मन्त्री यादवले बुधवार रौतहटको गौरमा आयोजित कार्यक्रममा हिंसा भड्काउने खालको अभिव्यक्ति दिएकी थिइन् । उनले जनमत पार्टीका अध्यक्ष सीके राउतलाई हत्या गर्ने धम्की दिएकी थिइन् । उक्त अभिव्यक्तिका कारण मन्त्री यादवले चौतर्फी आलोचना सहनुपरेको छ।
गठवन्धनकी एउटी नेतृ /वहालवाला मन्त्रीले विगतमा (आफूहरूद्वारा ) घटित गौर नरसंहार दोहोर्याउने उद्दण्ड हुंकार गरिन् , विगत गौर नरसंहारमा पीडित हूँ भन्ने र अहिलेको गठवन्धनका प्रमुख सूत्रधार हूँ भन्ने केही बोल्छन्- बोल्दैनन् , गर्छन् गर्दैनन् ? प्रम देउवा गठवन्धनको वन्दी बनेकै हुन् ?
— Ishwar Pokhrel (@IshwarPokhrel) January 21, 2022